बुधबार, कार्तिक २६, २०८३ | Wednesday 11th November 2026

मोनो रेलको सम्भाव्यता अध्ययन सकियो

  • प्रकाशित मिति : शुक्रबार, फाल्गुन २५, २०७४



  • साइमेक्सले इन्क प्रालिले काठमाडौं महानगरपालिकालाई मोनो (स्काई) रेलको सम्भाव्यता अध्ययन प्रतिवेदन बुझाएको छ । उपत्यकाका पाँचवटा रुटको अध्ययन गरेर उसले प्रतिवेदन बुझाएको हो । यो खबर हामीले आजको कान्तिपुरबाट लिएका हौ।

    एक वर्षको नि:शुल्क अध्ययनपछि उसले महानगरलाई कानुनी तथा अन्य समस्या हटाएर बिस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) स्वीकृतिको लागि अनुरोध गरेको छ। ‘केही दिनभित्रै हामी डीपीआरको लागि स्वीकृति दिन्छौं’ महानगरका मेयर विद्यासुन्दर शाक्यले भने, ‘अब उपत्यकाको यो आवश्यकता भइसकेको छ।’

    पाँच वटा रुटमध्ये पहिलो चरणमा एयरपोर्ट–कीर्तिपुरमा रुटको विस्तृत अध्ययन तयार गरेर निर्माण प्रक्रिया अघि बढाउन मौखिक सहमति दिइसकेको उनले जानकारी दिए।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij