बुधबार, कार्तिक २६, २०८३ | Wednesday 11th November 2026

नयाँ बानेश्वरमा मध्यराति तीनजना सवार मोटरसाइकल दुर्घटना

  • प्रकाशित मिति : शुक्रबार, फाल्गुन २५, २०७४



  • काठमाडौं, फागुन २५ । काठमाडौंको नयाँबानेश्वर चोकमा गएराति सवा १ बजे भएको सवारी दुर्घटनामा एकजना घाइते भएका छन् ।

    महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार बा८९प ८८६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई ट्राफिक आईल्याण्डमा ठोकिंदा चालक ललितपुरको च्यासल बस्ने रामेछापका २७ बर्षीय सरोज लामा घाइते भएका हुन् ।

    उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको महाशाखाले जनाएको छ ।

    महानगरीय प्रहरी वृत्त नयाँबानेश्वरका अनुसार चालकले मदिरा पिएर सवारी साधन चलाउँदा दुर्घटना भएको हो । तीनजना सवार उक्त मोटरसाइकल आईल्याण्डमा ठोक्किएको थियो । दुर्घटना पश्चात मोटरसाइकलमा पछाडी सवार एकजना फरार रहेको र अर्का एकजनालाई भने प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij