बुधबार, कार्तिक २६, २०८३ | Wednesday 11th November 2026

कमलाक्षी युवा समूहको रक्तदान

  • प्रकाशित मिति : शनिबार, फाल्गुन २६, २०७४



  • काठमाडौं, फागुन २६ । बिरामीलाई रगतको अभाव हुन नदिन काठमाडौंको कमलाक्षी युवा समूहले शनिबार रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।

    ‘स्वस्थ व्यक्ति सबैले गरौं रक्तदान, बिरामी व्यक्तिलाई हुन्छ जीवनदान’ भन्ने नाराका साथ युवा समूहले रक्तदान गरेको हो ।

    कमलाक्षी युवा समूहले विभिन्न समयमा रक्तदान कार्यक्रम आयोजना गर्दै आएको छ ।

    समूहका अध्यक्ष केशव श्रेष्ठले वर्षको कम्तीमा चारपटक रक्तदान गर्न सबैसँग आग्रह गरे ।

    अध्यक्ष श्रेष्ठले शनिबारमात्रै १०० भन्दा बढीले रक्तदान गरेको जानकारी दिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij