बुधबार, कार्तिक २६, २०८३ | Wednesday 11th November 2026

२ अत्याधुनिक पेस्तोल सहित इटहरीबाट नवाङ पक्राउ

  • प्रकाशित मिति : सोमवार, फाल्गुन २८, २०७४



  • सुनसरीको इटहरी उपमहानगरपालिका १६ मेजर टोलबाट २ थान पेस्तोल सहित काठमाडौँको बालुवाटारका ३५ वर्षीय नवाङ पासाङ शेर्पा पक्राउ परेका छन्। नियमित चेकजाँचका क्रममा शर्पाको साथबाट गोली लोड भएको मेड इन यूएस लेखिएको २ थान पेस्तोल बरामद भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ।

    प्रहरीले उनको साथबाट एक लाख नगद रुपैया तथा विभिन्न बैकको चेकुबुक र एटीएमहरु बरामद गरेको जनाएको छ।

    हतियार देखाएर स्थानीय ब्यापारीलाई तर्साउदै आएका शेर्पालाई प्रहरीले यस अघिनै खोजी गरेको भएपनि फेला नपारेको समेत जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। हतियार सहित पक्राउ परेका शेर्पालाई हिरासतमा राखि अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij