बुधबार, कार्तिक २६, २०८३ | Wednesday 11th November 2026

म्याग्दीमा ‘आमासँग प्रहरी’ कार्यक्रम सुरु

  • प्रकाशित मिति : सोमवार, फाल्गुन २८, २०७४



  • म्याग्दी, फागुन २८ । सामाजिक विकृति, विसंगति र अपराध न्यूनीकरण गरी सुरक्षित समाज निर्माणका लागि भन्दै म्याग्दीमा ‘आमासँग प्रहरी’ कार्यक्रम सुरु गरिएको छ ।

    १ सय ८औं अन्तर्राष्ट्रिय महिला दिवसका अवसर पारेर जिल्ला प्रहरी कार्यालय म्याग्दीले ‘आमासँग प्रहरी’ कार्यक्रम सुरु गरेको हो ।

    सिविन नेपाल म्याग्दी र संगम म्याग्दीको समन्वयमा म्याग्दीको बेनी नगरपालिका–१, रत्नेचौरबाट कार्यक्रम सुरु गरिएको हो ।

    सामाजिक सुरक्षा, अपराध नियन्त्रण र रोकथाम, समाजमा भएका आपराधिक घटनाको अनुसन्धान गरी अपराधीलाई सजाय र पीडितलाई न्याय दिलाउन कार्यक्रम गर्न लागिएको म्याग्दीका प्रहरी नायव उपरीक्षक वसुन्धरा खड्काले बताए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij