बुधबार, कार्तिक २६, २०८३ | Wednesday 11th November 2026

दाङमा कडा शिघ्र कुपोषण भएका बच्चाहरुको उपचारकेन्द्रहरुको स्थापना

  • प्रकाशित मिति : सोमवार, फाल्गुन २८, २०७४



  • बिनिता शर्मा, दाङ।   शिघ्र कुपोषणको एकीकृत ब्यबस्थापन कार्यक्रम अन्तर्गत दाङ जिल्लामा ३४८ विभिन्न स्वास्थ संस्थाका स्वास्थकर्मिहरुलाई ४ दिनको सिघ्र कुपोषणको एकीकृत ब्यबस्थापनको ४ दिने तालिम दाङ जिल्लामा सप्पन्न भएको छ ।

    उक्त कार्यक्रम पुनः दाङ जिल्लाका ९२५ स्वास्थ स्वमसेबिकाहरुका लागि संचालन गर्ने क्रम निरन्तर छ ।

    ओ. टि. सि संचालन हुने स्वास्थ संस्थाहरु यस्प्रकार छन् – टरिगाउँ,मानपुर,ढिकपुर,रामपुर,सत्बरिया,गढ्वा,शान्ति नगर,सिसहनियाँ राजपुर,काभ्रे,पंचकुले रहेका छन।

    सोही कार्यक्रम अन्तरगत कडा सिघ्र कुपोषण भएका बच्चाहरुकालागि उपचार गर्न १० वटा स्थानीय तह अन्तर्गत १२ वटा स्वास्थ संस्थाहरुमा बहिरंग उपचार केन्द्र स्थापना गर्ने योजना भयको छ ।  आवस्यक सामाग्रीहरु तयार पारिएको उपचारात्मक खाना (RUTF ) ,तौल गर्ने मेसिन ,उचाई मापन बोर्ड muac tepe र आबस्यक रेकर्डिङ रिपोर्टिङ सामाग्रीहरु छनौट भएका १२ वटै स्वास्थ्य संस्थाहरुमा जिल्ला जनस्वास्थ्य र जिल्ला सु- आहारा कार्यालयबाट हस्तान्तरण भएको जिल्ला सु- आहाराका कार्यालयका संयोजक सुरज कुमार शर्माले जलजला खबरसंग बताउनुभयो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij