बुधबार, कार्तिक २६, २०८३ | Wednesday 11th November 2026

‘डाइनाप्याक’का परिमार्जित उपकरण नेपाली बजारमा

  • प्रकाशित मिति : मङ्लबार, फाल्गुन २९, २०७४



  • सडक निर्माणमा प्रयोग हुने डाइनाप्याक ब्रान्डका परिमार्जित उपकरण नेपाली बजारमा भित्रिएको छ ।

    नेपाल कन्स्ट्रक्सन एन्ड इन्जिनियरिङ कर्पोरेसन (एनसीइसी)ले उक्त ब्रान्डका उपकरणहरुको परिमार्जित संस्करण नेपाली बजारमा भित्र्याएको हो ।

    नेपालमा आफ्ना उत्पादनको बिक्री–वितरण सुरु गरेको १० वर्षको अवसरमा डाइनाप्याकले परिमार्जित उपकरण भित्र्याएको हो ।

    एनसीइसीका प्रमुख कार्यकारी अधिकृत सिद्धार्थमणि राजभण्डारीले डाइनाप्याकका नयाँ उत्पादन नेपालको भौगोलिक बनावट अनुकूल रहेकाले नेपालको भौगोलिक विकटतामा पनि यी उत्पादनले सडक निर्माणको काम सहजरुपमा गर्नसकिने दाबी गरे ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij