बुधबार, कार्तिक २६, २०८३ | Wednesday 11th November 2026

यी सुन्दरी हलिउड नायिकाले लिइन् अभिनयबाट सन्यास

  • प्रकाशित मिति : मङ्लबार, फाल्गुन २९, २०७४



  • हलिउड स्टार अभिनेत्री क्यारून डियाजले अभिनयबाट सन्यास लिएकी छन्। उनले घरपरिवारमा समय व्यतित गर्न सन्यासको घोषणा गरेकी हुन्। हलिउड अभिनेत्री सेल्मा ब्लेयरले यसको खुलासा गरेकी हुन्

    सेल्माका अनुसार क्यामरून थप फिल्म गर्ने मुडमा छैनन्। उनी आफ्ना पति बेन्जी माडिनसँग समय बिताउन चाहन्छिन्। यस खबरको खुलासा गर्दै सेल्माले क्यामरूनसँग सन् २००२ मा ‘द स्विटेस्ट थिङ’मा काम गर्दाताका बिताएको क्षणको पनि सम्झना गरिन्।

    ‘अर्को दिन क्यामरूनसँग मैले दिउँसोको खाना खाएँ। हामीले हाम्रो फिल्मको कुरा गर्‍यौं। म उनीसँग त्यस फिल्मको सिक्वलमा काम गर्न चाहन्थे तर क्यामरूनले अभिनयबाट सन्यास लिइसकिन्। उनलाई आफूले गर्ने जति गरिसके जस्तो लागेको छ’, उनले भनिन्।

    ‘मेरो भनाइको मतलब अब उनलाई थप फिल्म गरिरहन जरूरत छैन्। उनीसँग राम्रो जीवन छ। मलाई थाहा छैन् उनलाई केले फर्काउनेछ। उनी खुशी छिन्’, ब्लेयरले थपिन।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij