बुधबार, कार्तिक २६, २०८३ | Wednesday 11th November 2026

पाँच किलो चरेससहित लाजिम्पाटबाट दुईजना समातिए

  • प्रकाशित मिति : मङ्लबार, फाल्गुन २९, २०७४



  • काठमाडौं, फागुन २९ । महानगरीय प्रहरी परिसरले पाँच किलोग्राम चरेससहित दुईजनालाई पक्राउ गरेको छ ।

    परिसरअन्तर्गत् रहेको महानगरीय प्रहरी वृत्त, दरबारमार्गले मंगलबार लाजिम्पाटस्थित द इम्पेरियल क्याफेमा जाँच गर्दा रोल्पाका विजय घर्तीमगर र म्याग्दीका सुमन रोक्कामगरलाई पाँच केजी चरेससहित पक्राउ गरेको हो ।

    भारतको रक्सौल र अन्य नाकाबाट काठमाडौं भित्रिएको लागुपदार्थ होटल तथा रेस्टुरेन्टमा बेचबिखन हुने गरेको गोप्य सूचनाका आधारमा प्रहरीले जाँच गर्दा उक्त परिणाममा चरेस बरामद गरेको हो ।

    परिसरले पक्राउ परेकासँग आवश्यक अनुसन्धान भइरहेको जनाएको छ । रासस

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij