बुधबार, कार्तिक २६, २०८३ | Wednesday 11th November 2026

विमान दुर्घटनाः दिदीको शव खोज्दै भाइ अस्पताल–अस्पताल चाहर्दै

  • प्रकाशित मिति : मङ्लबार, फाल्गुन २९, २०७४



  • काठमाडौं, फागुन २९ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार भएको युस बंगलाको विमान दुर्घटनामा परी मृत्यु भएकाहरुको शव पहिचान हुन नसक्दा आफन्तजन निकै निराश बनेका छन् ।

    मृतकको सूचीमा नाम रहेको तर शव कुन हो भनेर पहिचान हुन नसक्दा आफन्तहरुको छटपटी बढ्दै गएको छ ।

    दुर्घटनामा मृतकको सूचीमा रहेकी पाटन निवासी आश्ना शाक्यका भाइ उत्सव दिदीको शव खोज्दै मंगलबार विभिन्न अस्पतालमा चहारिरहेका भेटिए ।

    बंगलादेशमा एमबीबीएस अन्तिम वर्षमा पढिरहेकी २५ वर्षीय आश्ना साथीहरुसँग घर फर्कंदै थिइन् ।

    आश्नाको शवको पहिचान हुन नसक्दा उनका आफन्तलाई पीडामाथि पीडा थपिएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij