बुधबार, कार्तिक २६, २०८३ | Wednesday 11th November 2026

ओखलढुङ्गामा बोलेरो दुर्घटना, चालकको मृत्यु

  • प्रकाशित मिति : बुधबार, फाल्गुन ३०, २०७४



  • ओखलढुङ्गा, फागुन ३० । ओखलढुङ्गाको सिद्दिचरण नगरपालिकामा आज बिहान बोलेरो जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

    को२च १३४९ नम्बरको जीप सडकबाट तल खस्दा जीपका चालक सिद्धिचरण नगरपालिका–१ तलुवा बस्ने २१ वर्षीय शिवकुमार श्रेष्ठको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

    दुर्घटनामा सह–चालक मानेभञ्जयाङ गाउँपालिका–७ टोक्सेलका १९ वर्षीय अर्जुन गौतम गम्भीर घाइते भएका छन् । प्रहरीका अनुसार घाइतेको मिशन अस्पतालमा उपचार भईरहेको छ ।

    ओखलढुङ्गाबाट बोइलर कुखुरा लिएर सोलुखुम्बुतर्फ जादै गरेको जीप बिहान ३ः३० बजे सिद्दिचरण नगरपालिका–११ स्थित सोलु–ओखलढुङ्गा सडकखण्डमा सय मिटर तल खसेर दुर्घटना भएको हो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij