बुधबार, कार्तिक २६, २०८३ | Wednesday 11th November 2026

दोलखाको भिमेस्वर नगर पालिकामा बृहत शैक्षिक ,बिज्ञान ,प्रबिधि र सास्कृतिक महोत्सव हुने

  • प्रकाशित मिति : शुक्रबार, चैत्र २, २०७४



  • बर्षात वली , काठमाडौ । आउँदो बैशाख १४ गते देखि १८ गतेसम्म बृहत शैक्षिक,बिज्ञान,प्रबिधि र सास्कृतिक महोत्सव आयोजना गर्न थालिएको छ । IMG_4376
    भिमेश्वर नगर पालिकाका मेयर भरत के सि को सभापतित्वमा भएको कार्यक्रममा ३ नम्बर प्रदेशका सभाषद पशुपति चौलागाईंले प्रमुख अतिथिको रूपमा बोल्दै यो महोत्सवले नयाँ सन्देश दिने र यसको सहयोगमा आफुले जे गर्न पनि पछि नपर्ने बताएका छन् ।
    IMG_4381
    त्यसैगरी अतिथिहरुमा दोलखाका सभाषदहरु जिल्लाबाट उच्चस्थ पदमा पुगि सेवानिबृत कर्मचारीहरु पुर्ब मन्त्रीहरू नेपाली काङ्ग्रेसका सभापति रुद्र बहादुर खड्का र वरिष्ठ कलाकार मदनदास श्रेष्ठसहितले कार्यक्रमको लागि शुभकामना दिनुभएको थियोे ।
    IMG_4382
    दोलखाको महोत्सवको बारेमा कार्यक्रम दोलखामा नगरि काठमाडौमा गर्नुपरेको कारण प्रस्ट्याउदै मेयर के सिले भने दोलखा जिल्लालाई केन्द्रित गरेर बृहत शैक्षिक बिज्ञान प्रबिधि र सास्कृतिक महोत्सव आयोजना गरिएको उनले बताए ,सबै बिषयका जिल्ला बासी बिज्ञ र बिष्लेषकहरु काठमाण्डौ बस्ने कारणले छलफल काठमाडौमा गरिएको मेयर के सिले बताए ।
    IMG_4384

    यद्को मुल उदेश्य दोलखा भन्दा काठमाडौमा भएका राम्रा कलात्मक र फरक गतिविधि दोलखामा देखाएर त्यहाँको जनमानसमा शैक्षिक गुणस्तर बढाउने उदेश्यले यो महोत्सव गर्न लागिएको हो । IMG_4386

    सरकारी विद्यालय र निजि विद्यालयमा एकरुपता ल्याउने उदेश्यले आउदो शैक्षिक सत्रदेखि शिक्षक र विद्यार्थी दुबैको युनिफममा एक रुपता आउने छ ।

    IMG_4393IMG_4397

    निजि विद्यालय जस्तै सरकरी विद्यालयमा पनि शिशु कक्षा,बाल कक्षा र एक कक्षा बनाइने मेयर केसिले बताए ।

    निजि विद्यालय जस्तै सरकारी विद्यालयमा शैक्षिक गुणस्तर बढाउने उदेश्यले यो महोत्सवको आयोजना गर्न लागीएको मेयर केसीले जलजला खबरसंग बताए ।

    IMG_4400IMG_4402

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij