बर्षात वली, काठमाडौ । आउँदो बैशाख १४ गते देखि १८ गतेसम्म बृहत शैक्षिक,बिज्ञान,प्रबिधि र सास्कृतिक महोत्सव आयोजना गर्न थालिएको छ । भिमेश्वर नगर पालिकाका मेयर भरत के सि को सभापतित्वमा भएको कार्यक्रममा ३ नम्बर प्रदेशका सभाषद पशुपति चौलागाईंले प्रमुख अतिथिको रूपमा बोल्दै यो महोत्सवले नयाँ सन्देश दिने र यसको सहयोगमा आफुले जे गर्न पनि पछि नपर्ने बताएका छन् । 

त्यसैगरी अतिथिहरुमा दोलखाका सभाषदहरु जिल्लाबाट उच्चस्थ पदमा पुगि सेवानिबृत कर्मचारीहरु पुर्ब मन्त्रीहरू नेपाली काङ्ग्रेसका सभापति रुद्र बहादुर खड्का र वरिष्ठ कलाकार मदनदास श्रेष्ठसहितले कार्यक्रमको लागि शुभकामना दिनुभएको थियोे ।
दोलखाको महोत्सवको बारेमा कार्यक्रम दोलखामा नगरि काठमाडौमा गर्नुपरेको कारण प्रस्ट्याउदै मेयर के सि ले भने दोलखा जिल्लालाई केन्द्रित गरेर बृहत शैक्षिक बिज्ञान प्रबिधि र सास्कृतिक महोत्सव आयोजना गरिएको उनले बताए ,सबै बिषयका जिल्ला बासी बिज्ञ र बिष्लेषकहरु काठमाण्डौ बस्ने कारणले छलफल काठमाडौमा गरिएको मेयर के सि बताए ।