बुधबार, कार्तिक २६, २०८३ | Wednesday 11th November 2026

दुई दशकदेखि बन्द रहेको डोटी विमानस्थल पुनः सुचारु हुने

  • प्रकाशित मिति : शनिबार, चैत्र ३, २०७४



  • डडेल्धुरा, चैत ३ । झन्डै दुई दशकदेखि बन्द रहेको डोटी विमानस्थल पुनः सुचारु हुने भएको छ ।

    डडेल्धुरा, चैत ३ । झन्डै दुई दशकदेखि बन्द रहेको डोटी विमानस्थल पुनः सुचारु हुने भएको छ ।

    २०२८ सालमा निर्माण भएको विमानस्थल तत्कालीन नेकपा माओवादीको द्वन्द्वका बन्द भएको थियो ।

    २०५२ सालदेखि नियमित उडान हुन छाडेको डोटी बिमानस्थल २०६१ सालमा पूर्ण बन्द भएको थियो ।

    तर पछिल्लो समयमा विमानस्थल मर्मत गरेर पुनः सुचारु गराउने पहल शुरु भएको छ । विमानस्थल पुनः सुचारु हुने भएपछि डोटीबासी उत्साहित भएका छन् ।

    यो विमानस्थलबाट डोटी, डडेल्धुरा, बाजुरा र अछामका नागरिकले सेवा पाउने छन् । विमानस्थल सुचारु भएसँगै पर्यटकको संख्यामा समेत वृद्धि हुने अपेक्षा स्थानीयको छ ।

    करिब ७ करोड रुपैयाँ खर्च गरेर विमानस्थल मर्मत गर्न थालिएकाले आगामी असार मसान्तसम्मै काम सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij