बुधबार, कार्तिक २६, २०८३ | Wednesday 11th November 2026

ट्राफिक व्यवस्थापनमा महिला सहभागितामा जोड

  • प्रकाशित मिति : शनिबार, चैत्र ३, २०७४



  • काठमाडौं, चैत ३ । काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनमा महिलालाई सहभागिता गराउनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् ।

    महानगरीय ट्राफिक प्रहरी परिसर सातदोबाटो ललितपुरले आज गरेको ‘ट्राफिक चेतनामा महिला सहभागिता’ विषयक कार्यक्रमका सहभागीहरुले महिलालाई ट्राफिक नियमसम्बन्धी जानकारी दिन आवश्यक भएको बताएका हुन् ।

    उनीहरुले ट्राफिक प्रहरीले महिलालाई प्राथमिकता दिए चेतनामूलक कार्यक्रम संचालन गर्नुपर्ने बताए ।

    कार्यक्रममा ललितपुरकी सांसद पम्फा भुसाल र महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी नायव महानिरीक्षक सर्वेन्द्र खनालले ट्राफिक नियम पालना गरे दुर्घटना न्यूनीकरण हुने बताए ।

    कार्यक्रममा ललितपुर क्षेत्रका ६१ वटा संघसंस्थाका प्रतिनिधि सहभागी थिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij