बुधबार, कार्तिक २६, २०८३ | Wednesday 11th November 2026

‘धुर्मुस’लाई दण्डपाणि–नन्दकुमारी अर्ज्याल स्मृति पुरस्कार

  • प्रकाशित मिति : शनिबार, चैत्र ३, २०७४



  • काठमाडौं, चैत ३ । यस वर्षको दण्डपाणि–नन्दकुमारी अर्ज्याल स्मृति पुरस्कारबाट हास्यकलाकार एवं समाजसेवी सीताराम कट्टेल ‘धुर्मुस’ सम्मानित भएका छन् ।

    दण्डपाणि अर्ज्याल स्मृति केन्द्रले शनिबार राजधानी गरेको कार्यक्रममा धुर्मुस–सुन्तली फाउन्डेसनका अध्यक्षसमेत रहेका कलाकार कट्टेललाई नगद २५ हजार रुपैयाँसहित सम्मान गरिएको हो ।

    सम्मानित कलाकार कट्टेलले सम्मानले आफूलाई थप सामाजिक काम गर्न हौसला मिलेको बताए ।

    कार्यक्रममा पूर्वपरराष्ट्रमन्त्री रमेशनाथ पाण्डे, कूटनीतिज्ञ डा. जयराज आचार्यलगायतले समाज परिवर्तनको सन्दर्भमा कलाकारहरुको भूमिकालाई राज्यले प्रोत्साहित गर्नुपर्नेमा जोड दिए ।

    कार्यक्रममा स्मृति केन्द्रले प्रकाशन गर्दै आएको ज्ञानविन्दु स्मारिकाको ११औं अंकसमेत लोकार्पण गरिएको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij