बुधबार, कार्तिक २६, २०८३ | Wednesday 11th November 2026

मुग्लिनस्थित त्रिशुली नदीमा यसरी बन्दैछ पुल, असार मसान्तसम्ममा निर्माण सम्पन्न हुने

  • प्रकाशित मिति : सोमवार, चैत्र ५, २०७४



  • चितवन, चैत ५ । तनहुँ र चितवनको सीमा मुग्लिनस्थित त्रिशुली नदीमा पुल निर्माणको काम तिव्र गतिमा हुन थालेको छ ।

    नयाँ पुल निर्माण गर्न दैनिक २५ जना कामदार खटिएका छन् । बर्खाको समयमा त्रिशुलीमा पानीको बहाव धेरै हुने र पुल निर्माण गर्ने सतह अग्लो स्थानमा भएकाले चाँडै काम सम्पन्न गर्ने तयारी भइरहेको निर्माण कम्पनीले जनाएको छ ।

    २०७१ साल फागुनबाट निर्माण सुरु गरिएको यो पुलको हाल बिम, डभी र फर्मा निर्माणको काम भइरहेको छ ।

    १४ करोड रुपैयाँको लागतमा निर्माण हुन लागेको यो मोटरेवल पुल नेपालकै नमूना हुने निर्माण कम्पनीले जनाएको छ ।

    एलाइट एड्भेन्चर जेभी चितवनले पुल निर्माणको जिम्मा लिएको छ ।

    एलाइट एडभेञ्चर जेभीका प्रबन्धक मोतिलाल शर्माले असार मसान्तसम्ममा काम सम्पन्न गर्ने बताए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij