प्रकाशित मिति : बुधबार, साउन १९, २०७३
थ्री स्टार क्लब २०७१ सालको राष्ट्रिय लिगको विजेता भएको हकमा नेपालको प्रतिनिधित्व गर्दै आगामी भदौ गतेबाट मंगोलियामा हुने ए.एफ.सी कपको प्लेअफ छनोटमा सहभागी हुने भएको छ।
क्लबद्वारा बुधबार जारी विज्ञप्ति अनुसार प्रमुख प्रशिक्षकमा मेघराज केसीलाई नियुक्त गर्दै क्लबले तीन सातायता नियमित प्रशिक्षण गरिरहेको बनताएको छ।
क्लबको प्रशिक्षकमा रविन्द्र शिलाकार रहनेछन्। विगतमा ए.एफ.सी प्रेसिडेन्ट्स कपको अन्तिम चरणमा दुई पटक प्रवेश गरिसकेको थ्री स्टार क्लब नेपालको प्रतिनिधित्व गर्दै ए.एफ.सी. कप खेल्ने थ्री स्टार क्लबनै पहिलो टोली हो।
यसका लागि क्लबले प्रशिक्षकहरुको सल्लाहअनुसार २० खेलाडीलाई अनुबन्धित पनि गरिसकेको छ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij