बुधबार, कार्तिक २६, २०८३ | Wednesday 11th November 2026

गायिका कमला श्रेष्ठको निधन

  • प्रकाशित मिति : सोमवार, चैत्र ५, २०७४



  • काठमाडौं, चैत ५ । लोकगीतकी ‘रानी’कोरुपमा चिनिने वरिष्ठ गायिका कमला श्रेष्ठको ६९ वर्षको उमेरमा निधन भएको छ ।

    लामो समयदेखि मुटुरोगबाट पीडित श्रेष्ठको उपचारकाक्रममा सोमबार गंगालाल अस्पताल काठमाडौंमा निधन भएको हो ।

    वि.सं. २०२४ सालमा रेडियो नेपालले आयोजना गरेको आधुनिक गीत प्रतियोगितामा ‘नौ गेडीको माला मेरो’ बोलको गीत गाएर गायन क्षेत्रमा प्रवेश गरेकी श्रेष्ठका लोकगीत र आधुनिक गरी २०० भन्दा बढी गीतहरु रहेका छन् ।

    २०२५ सालदेखि रेडियो नेपालमा गायिकाकारुपमा काम गरेकी श्रेष्ठले साँस्कृतिक संस्थानमा ३८ वर्ष काम गरेकी थिइन् ।

    उनका ‘सरर मलेवा घुम्छ’, ‘बादलमुनि मायालाई’, ‘नेपाली जनताको लहर हरर गुडने भयो मोटर’लगायतका गीतहरु चर्चित रहेका छन् ।

    वि.सं. २००५ साल कात्तिक ९ गते काठमाडौंको असनमा श्रेष्ठको जन्म भएको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij