बुधबार, कार्तिक २६, २०८३ | Wednesday 11th November 2026

मोटरसाइकल चोरी गर्ने समूह पक्राउ

  • प्रकाशित मिति : मङ्लबार, चैत्र ६, २०७४



  • काठमाडौं, चैत ५ । महानगरीय प्रहरी परिसरले मोटरसाइकल चोरी गर्ने समूहलाई पक्राउ गरी सोमबार सार्वजनिक गरेको छ ।

    पक्राउ पर्नेमा रामेछापका देवराज तामाङ, बूढानीलकन्ठका सुकवीर तामाङ, राजेश शाही, आकाश नगरकोटी र विक्रम शाही रहेका छन् ।

    उनीहरुलाई परिसरअन्तर्गत् रहेको महानगरीय प्रहरी वृत्त जनसेवाबाट खटिएको टोलीले आइतबार पक्राउ गरेको थियो ।

    प्रहरीले सुन्धारामा चेकजाँच गर्दा चालकसँग मोटरसाइकलको सम्बन्धित कागजात नभएपछि प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गर्दा मोटरसाइकल चोर्ने समूह रहेको पत्ता लगाएको हो ।

    उनीहरुले ती मोटरसाइकल ठमेल क्षेत्रबाट चोरी गरेको प्रहरीको अनुसन्धानमा खुल्न आएको छ ।

    उनीहरुको साथबाट प्रहरीले बा३८प ४४९२, बा५३प ५९१४, बा४७प ४६६१ र बा४५प ८५३५ नम्बरका मोटरसाइकल र बा४७प ४६६९ नम्बरको स्कुटर बरामद गरेको छ । रासस

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij