बुधबार, कार्तिक २६, २०८३ | Wednesday 11th November 2026

मानव संशाधन गोष्ठी सुरु

  • प्रकाशित मिति : मङ्लबार, चैत्र ६, २०७४



  • काठमाडौं, चैत ५ । मानव संशाधन व्यवस्थापनसम्बन्धी ज्ञान अभिवृद्धि गर्ने उद्देश्यका साथ मानव संशाधनसम्बन्धी गोष्ठी राजधानीमा सुरु भएको छ ।

    ‘एचआर क्यान चेन्ज, एच आर क्यान ड्राइभ’ भन्ने मुल नाराका साथ काठमाडौंमा दुईदिने मानव संशाधन गोष्ठी आयोजना गरिएको हो ।

    ग्रोथ सेलर्स प्रालिले गर्दै आएको गोष्ठीको ११औं संस्करणको सोमबार उद्घाटन गरिएको हो ।

    गोष्ठीमा सार्वजनिक, निजी एवं गैरसरकारी संस्थाका झन्डै २५० जनाले सहभागिता जनाएका छन् ।

    व्यवस्थापनमा गुणस्तरिता वृद्धिका लागि गोष्ठी आयोजना गर्दै आएको ग्रोथ सेलर्स प्रालि प्रबन्ध निर्देशक निर्देशक मोहन ओझाले बताए ।

    गोष्ठीमा मानव संशाधनअन्तर्गत् अन्तर्राष्ट्रिय ट्रेन्डहरुबारे गहन विचार–विमर्स हुने उनले जानकारी दिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij