बुधबार, कार्तिक २६, २०८३ | Wednesday 11th November 2026

बाग्लुङमा बस दुर्घटना, चालकसहित १० जना घाइते

  • प्रकाशित मिति : मङ्लबार, चैत्र ६, २०७४



  • बाग्लुङ, चैत ६ । बाग्लुङको ढोरपाटन नगरपालिका–२ गँगरेमा आज बिहानै बस दुर्घटना हुँदा चालक सहित १० जना घाइते भएका छन् ।

    घाईते सबैलाई उद्धार गरी उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङ पठाइएको प्रहरीले जनाएको छ ।

    दुर्घटना पश्चात एक महिला भने बेपत्ता भएकी छिन् । उनको खोजी भइरहेको जनाइएको छ ।

    बुटवलबाट १७ जना यात्रु बोकेर बुर्तिबाङतर्फ जाँदै गरेको लु१ख ७४३९ नम्बरको बस बिहान ५ बजे अनियन्त्रित भई सडकबाट अन्दाजी १० मिटर तल गँगरे खोलामा खसेको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij