बुधबार, कार्तिक २६, २०८३ | Wednesday 11th November 2026

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु, चालकसहित दुईजना घाइते

  • प्रकाशित मिति : बुधबार, चैत्र ७, २०७४



  • ललितपुर, चैत ७ । ललितपुरको ग्वार्कोस्थित बिएण्डबी अस्पतालको गेट नजिकै मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिदाँ एकजनाको मृत्यु भएको छ भने मोटरसाइकल चालकसहित दुईजना घाइते भएका छन् ।

    मंगलबार बेलुकी सवा ७ बजे बा८५प ९२७ नम्बरको पैदलयात्रीलाई ठक्कर दिएर मोटरसाइकल समेत पल्टिंदा १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् ।

    मृत्यु हुनेमा पैदलयात्री सातदोबाटो बस्ने ६० बर्षीय चैतमान शाक्य रहेका छन् । गम्भिर घाइते भएका शाक्यको उपचारको क्रममा बिएण्डबी अस्पतालमा गएराति पौने १० बजे मृत्यु भएको महानगरीय ट्राफिक प्रहरी परिसर सातदोबाटोले जनाएको छ ।

    दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक ललितपुर झम्सीखेल बस्ने सप्तरी राजविराजका १९ बर्षीय सन्तोष सिंहको त्रिपुरेश्वरस्थित ब्लुक्रस अस्पतालमा उपचार भइरहेको छ । मोटरसाइकलमा पछाडी सवार उनका १८ बर्षीय भाई सुभाष सिंहको भने बिएण्डबी अस्पतालमै उपचार भइरहेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij