बुधबार, कार्तिक २६, २०८३ | Wednesday 11th November 2026

ढिस्कोले पुरिएर बालिकाको मृत्यु

  • प्रकाशित मिति : बुधबार, चैत्र ७, २०७४



  • डोटी, चैत ७ । नयाँ निर्माण भएको सडकमाथिको ढिस्को खस्दा पुरिएर दिपायलमा एक बालिकाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।

    दिपायल–सिलगढी नगरपालिका–२, दिपायलमा बुधबार बिहान सो घटना भएको हो ।

    घटनामा परी शिखर नगरपालिका–११, अमडोराका मोहन बलायरकी तीन वर्षीया छोरी निशा बलायरको मृत्यु भएको हो ।

    घटनास्थलबाट उद्धार गरी शैलेश्वरी अस्पताल दिपायलमा पुर्‍याउनेक्रममा उनको मृत्यु भएको हो । उनी दिपायलमा फुपूको घर आएकी थिइन् ।

    घटनामा परी दिपायल–सिलगढी नगरपालिका–२, दिपायलका ५६ वर्षीय चेत साहु घाइते भएका छन् । उनको शैलेश्वरी अस्पतालमै उपचार भइरहेको छ । उनको अवस्था सामान्य रहेको छ । रासस

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij