बुधबार, कार्तिक २६, २०८३ | Wednesday 11th November 2026

२० बर्षे पुराना सवारीसाधन सञ्चालनमा रोक लगाएपछि ग्रामीण क्षेत्रमा असुविधा

  • प्रकाशित मिति : शुक्रबार, चैत्र ९, २०७४



  • धनकुटा, चैत ९ । सरकारले २० बर्षे पुराना सवारीसाधन सञ्चालनमा रोक लगाएपछि धनकुटाको हिलेबाट ग्रामीण क्षेत्रसँगको यातायात सम्पर्क टुटेको छ ।

    सार्वजनिक कोशी पहाडी ट्याक्सी यातायात ब्यवसायी संघ हिलेमार्फत धनकुटाका विभिन्न ग्रामीण क्षेत्रसहित तेह्रथुम, भोजपुर, संखुवासभासम्म सवारीसाधन सञ्चालन हुँदै आएका थिए । तर सरकारले चैत १ गतेदेखि २० बर्षे पुराना यातायातका साधन सञ्चालनमा रोक लगाएपछि ती क्षेत्रमा यातायातका साधन सञ्चालन हुन छाडेको हो ।

    यातायातका साधन सञ्चालनमा रोक लगाएपछि ग्रामीण क्षेत्रका सर्वसाधारण समस्यामा परेका छन् । सार्वजनिक कोशी पहाडि ट्याक्सी यातायात ब्यवसायी संघ हिलेमार्फत पहाडि क्षेत्रमा ४७ बटा यातायातका साधन सञ्चालन हुँदै आएका थिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij