बुधबार, कार्तिक २६, २०८३ | Wednesday 11th November 2026

सिलाई कटाई तालिम समापन

  • प्रकाशित मिति : शुक्रबार, चैत्र ९, २०७४



  • शिबराज पन्थी, ९ चैत्र गढवा । घरेलु तथा साना उद्योग कार्यालय दाङको आयोजनामा देउखुरीको गढवामा २ महिना अगाडी देखि सुरु भएको उद्यम बिकास सिलाई कटाईको एड्भान्स तालिम शुक्रवार एक कार्यक्रमका विच समापन गरिएको छ ।

    भगत सर्वजित सिप बिकास प्रवर्धन कार्यक्रम अन्तरगत १० जना सिमान्तकृत तथा दलित महिलाहरुलाई सिप प्रदान गरि सिलाई कटाईमा दक्ष एवं स्वरोजगार जनशक्ति तयार गर्ने उद्देश्य अनुरुप सिलाई मसिन समेत उपलब्ध गराएर तालिम  प्रदान गरिएको घरेलु तथा साना उद्योग कार्यालयले जनाएको छ ।

    कार्यालयका प्रमुख कार्यकारी अधिकृत बासुदेव रिजालको अध्यक्षता र गढवा गाउँपालिका वडा नं. ७ का अध्यक्ष राहुलदेव चौधरीको प्रमुख आतिथ्यमा भएको समापन कार्यक्रममा तालिमका ब्यवस्थापक रेशम शाही, प्रशिक्षक नैनमति चौधरी, पत्रकार शिबराज पन्थी र प्रशिक्षर्थी गिता नेपाली लगायतले बोल्नु भएको थियो ।

    कार्यक्रमको सञ्चालन घरेलु तथा सानाउद्योग कार्यालय दाङका उद्योग अधिकृत उमबहादुर वलीले गर्नुभएको थियो । कार्यक्रममा दुई महिने सीलाई कटाईमा भाग लिएका प्रशिक्षर्थीहरुलाई प्रमाणपत्र समेत वितरण गरिएको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij