बुधबार, कार्तिक २६, २०८३ | Wednesday 11th November 2026

डिपिएलका ‘मोस्ट भ्यालुएबल प्लेयर’लाई सुनको जुत्ता

  • प्रकाशित मिति : आइतवार, चैत्र ११, २०७४



  • धनगढीमा चैत १७ गतेदेखि सञ्चालन हुने रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल) को दोस्रो संस्करणमा ‘मोस्ट भ्यालुएबल प्लेयर’लाई सुनको जुत्ता दिइने भएको छ।

    आइतबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा धनगढी क्रिकेट एकेडेमीले प्रतियोगिताको ‘मोस्ट भ्यालुएबल’ खेलाडीलाई सुनको जुत्ता उपलब्ध गराउने जानकारी दिएको हो।

    आयोजकले गोल्डस्टार जुत्ताको उत्पादक किरण शुज म्यानुफ्याक्चरर्ससँग प्रायोजन सम्झौता गरेको छ। गोल्डस्टारले रुस्लान डिपिएललाई प्रायोजन गरेबापत १६ लाख सहयोग गर्ने भएको छ। जसमा ९ लाख नगद र बाँकी अन्य सहयोगको रूपमा रहनेछ।

    ‘मोस्ट भ्यालुएबल’ खेलाडीको विषयमा प्राविधिक समितिले निर्णय गर्ने बताइएको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij