प्रकाशित मिति : सोमवार, चैत्र १२, २०७४
एक सामान्य मानिस, जस्का ३ छोराहरु बिदेशमा राम्रो गरीरहेका छन। एकदिन अचानक आफ्नी पत्नी कडा रोगको शिकार भएको जानकारी पाउछन। पिडाले ग्रस्त बाउले जेठो छोरालाई फोन गरी उस्की आमाको हालत सुनाउछन, तब जेठो छोरोले आफुलाई ब्यवसायबाट फुर्सद नबहेको बताउदै अरु दुई भाईलाई खबर गर्न भन्छ। उनी अती दुखी र हतास हुँदै माहिलो छोरालाई फोन गर्छ, उस्बाट पनि जेठो छोराको जस्तै समय अनुकुल नभएको आफु आउन नसक्ने कुरा सुन्छ, हतास हुँदै ठुलो आशाको साथ उस्ले आफ्नो कान्छो छोरोलाई फोन गर्छ, उ बाट पनि पनि जेठो र माहिलो छोरोको जस्तै जवाफ पाउछ।
अवाक हुँदै आफ्नो भाग्यलाई सराप्छ, उनिहरुको शिक्षा दिक्षा र ब्रिती बिकासअको लागि गरेको संघर्श र मेहनतलाई सम्झिन्छ, उनिहरुको राम्रोका लागि अनिदो बितेका रातहरु भोकै बितेका दिन हरु सम्झिन्छ। अनी आफ्न ति सबै कर्महरुलाई धिक्कार्छ।
तैपनी भन्दै उस्ले एक्चोटि छोरीलाई पनि फोन गर्ने निधो गरे। जसै छोरीलाई फोन गरी आमा बिरामी भएको कुरा मात्र के सुनाएका थिए, छोरीले तुरुन्त भनिन “म तुरुन्तै निस्किन्छु, न आत्तिनु, आमाको ख्याल गर्नु “। “छोरी तिम्रो ब्यापार ब्यवसाय ?”, बाउले सोधे। तुरुन्तै छोरीको जवाफ आयो “आमा भन्दा ठुलो ब्यापार हैन बाबा”.
भारी मन, गह भरी आसु लिदै बुढो बाउ सोच्न लाग्यो, जुना छोरा जन्माउनका लागि मन्दिर मन्दिर धाए, जस्को उन्नती र प्रगतिको लागि दिन रात केही भनिन तिनै छोराले मलाई सहयोग चाहिद यस्तो गर्ने, छोराहरु जन्माउनका लागि गरेको मेहनत र उनिहरुको सुख र सम्ब्रिद्धिकोलागी गरेको कर्मा, दु:ख मेहनत प्रती पछुतावा हुन थाल्यो। र छोरी जस्लाई हामी गर्भै देखी दोश्रो दर्जामा राख्छौ, जस्लाई आफन्त वा घरको मान्न पनि संकोच गर्छौ त्यही छोरी जीवनको अन्त तक पनि बाउ आमा सग टाढिने कुरा सोच्दैन। धन्य छ छोरी
छोरीको जन्ममा गर्ब गरौ, छोरीको जन्मलाई खुशीयालिमा रुपन्तरण गरौ।
यस्तै मन छुने लेख हरु पढ्नको लागि यो पेज लाइक गर्नुहोस।।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij