बुधबार, कार्तिक २६, २०८३ | Wednesday 11th November 2026

चलचित्रमा कलाकार बनाइदिने भन्दै ठगी गर्ने दुई भारतीय समातिए

  • प्रकाशित मिति : मङ्लबार, चैत्र १३, २०७४



  • काठमाडौं, चैत १३ । महानगरीय अपराध महाशाखाले हिन्दी चलचित्रमा कलाकार बनाइदिने भन्दै ठगी गर्ने दुईजनालाई पक्राउ गरेको छ ।

    महाशाखाको टोलीले काठमाडौं फिल्म प्रालिमार्फत् कलाकार बनाइदिने भन्दै ठगी गर्ने भारतका विजय ठाकुर र करिष्मा बोहरालाई आइतबार लाजिम्पाटबाट पक्राउ गरी सोमबार सार्वजनिक गरेको हो ।

    ठाकुर र बोहराले १० जना व्यक्तिसँग रु २५ हजारका दरले रु दुई लाख ५० हजार ठगी गरेको आरोप छ ।

    उनीहरुले विभिन्न व्यक्तिसँग रु १० लाख २५ हजार ठगी गरेको अनुसन्धानमा खुल्न आएको प्रहरीले जनाएको छ ।

    पक्राउ परेकालाई मुलुकी ऐन ठगी महलअनुसार कसुरको मात्रा हेरी पाँच वर्षसम्म कैद र विगोबमोजिम जरिवाना हुने व्यवस्था छ । रासस

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij