एउटा गाउँमा एकजनापुरुषले अत्यन्तै सुन्दरी युवती बिहे गर्यो ।बिहे पश्चात् दुबै जना अत्यन्त खुशीका साथ जिबन गुजारा चलाउदै आएका थिए । श्रीमान र श्रीमतिको बीचमा अत्यन्तै माया प्रेम थियोे ।केटाले आफ्नी श्रीमतिलाई निकै माया गर्थ्यो जहाँ गएपछि पनि उस्कै प्रसंशा गरिरहन्थ्यो कहिल्यै थाक्दैन थ्यो प्रसंसा गरेर उ , उ संग भएका साथीहरू दिक्क हुन्थे उस्को पारा देखेर सोही क्रममा उस्कि प्रेम प्यारी, जिबन संगिनी, धर्मप्त्नीलाई छालामा लाग्ने एक प्रकारको चर्म रोग लाग्यो ,बिस्तारै बिस्तारै उस्को सुन्दरतामा कमि आउन थाल्यो ।उडराउन थाली यसरी नै म दिन प्रति दिन कुरुप हुँदै गएँ भने श्रीमानले मलाई घृणा गर्ला र मलाई बाँच्न गार्हो होला भन्ने लागि रहेको थियोे ।यहीँ सिलसिलामा उसको श्रीमानलाई जरुरी काममा शहर जानुपर्ने भयो र गयो शहर पुगेर आफ्नो काम सिद्द्याएर फर्किने क्रममा उ चढेको गाडी दुर्घटनामा पर्यो र उस्ले दुबै आँखा गुमाउनु पर्यो त्यो दुर्घटनामा अन्धो बन्यो । यतिखेर सम्मपनी यी दुई को जीवन खुशियाली मा नै चलेको थियो बुढी चाहिँ पुरै कुरुप भै सकेकी थिई उस्को वरिपरि गाउँलेहरु आउन डराएर टाढा टाढा हुन्थ्ये मेलापात जाँदा पनि त्यतिको अबस्थामा पनि दुबैको प्रेम देख्दा गाउँलेले फेरि कुरा काट्थे ।यहि क्रममा अचानक चर्मरोगी आईमाई अन्धोको श्रीमतिको एकाएक मृत्यु भयो । अनि अन्धो बूढो एक्लो भयो छोराछोरी पनि थिएनन उस्ले गाउँ छोडेर जाने निर्णय गर्यो गाउँलेहरुलेपनी कुरा काटेर दिक्क पार्न थाले पहिले बिहे गर भन्दा मानेको भए अहिले एक्लो हुन्थिस रोगीनि संग बसेर कसैको नहुने नाटक देखाउथिस भन्दै उसलाई खिस्सी गरेर दिक्क पार्थे । उ चाहिँ आफ्नी प्राण प्यारीको अन्तिम संस्कारपछि गाउँ छोडेर जान भनी आफ्ना पोकाहरु बान्दै थियोे त्यत्तिकैमा एकजना शुभचिन्तकले ए भाइ तिमी अन्धो मान्छे कसरी हिड्छौ अब त डोर्याउने आफ्नो श्रीमति पनि छैन बिना सहारा कहाँ जाने तिमी?? उस्ले भन्यो दाइ म अन्धो छैन मैले मेरि प्यारीको मन राख्न नाटक मात्रै गरेको हँ किनकि मेरि प्यारीलाई उसको कुरुप अनुहार मैले देख्न सक्ने भने रोगको कारण भन्दा पहिले पिरले मरि सक्थी जति बाँची खुशिका साथ बाँचि त्यो पिर उसलाई भएन किनकि म त अन्धो थिय उस्को मन मष्तिकमा, उस्ले भन्यो उ अति नै सफा मन उदार बिचार कि राम्रो सोचकी महिला थिई उसलाई रोग लाग्यो उसको कोखबाट बच्चा जन्मिएनन उस्को के दोष ?? यदि जिबनमा आफू खुशी रहने हो भने अरुको कमिलाई थाहा नपाएको जस्तो गर्दा नै खुशी मिल्छ । यदी यहाँहरुलाई यो कथामा कतै चित्तबुझ्दो पाएको भए शेयर र कमेन्ट गर्न नभुल्नु होला । निलम वली मैतिदेबी काठमाडौ ।