बुधबार, कार्तिक २६, २०८३ | Wednesday 11th November 2026

जंगलमा शव भेटियो

  • प्रकाशित मिति : बिहिबार, चैत्र १५, २०७४



  • धुलिखेल, चैत १५ । काभ्रेपलाञ्चोक जिल्लाको धुलिखेल नगरपालिका–१२, शंखुस्थित जंगलमा बिहीबार एकजनाको शव फेलापरेको प्रहरीले जनाएको छ ।

    इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक सुनिलजंग शाहकाअनुसार बिहीबार बिहान वडा नम्बर–१२ स्थित पिप्लेतइजे भन्ने जंगलमा घाँस काट्न गएका महिलाले शव देखेपछि प्रहरीलाई खबर गरेको र सो ठाउँमा प्रहरीको टोली पुगेर शवलाई परीक्षणका लागि अस्पताल लगिएको छ ।

    ‘शवको प्रकृति हेर्दा करिब एक हप्ता जति अगाडिकोजस्तो देखिन्छ’–प्रहरी निरीक्षक शाहले भने–‘अन्दाजी ६०/६५ वर्षको पुरुषको शवलाई बनेपास्थित शिर मेमोरियल अस्पतालमा राखिएको छ ।’

    घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij