बुधबार, कार्तिक २६, २०८३ | Wednesday 11th November 2026

चिनियाँ जहाज उडाउन मासिक ८ हजार डलरमा चीनबाटै पाइलट ल्याइदैं

  • प्रकाशित मिति : शुक्रबार, चैत्र १६, २०७४



  • काठमाडौं, चैत १६ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेवानि) ले वाइ १२ सिरिजका जहाज उडाउनका लागि तीन चिनियाँ पाइलट ल्याउने भएको छ ।

    चिनियाँ जहाज उडाउन मासिक ८ हजार डलरमा चीनबाटै पाइलट ल्याइदैं

    यी जहाज उडाउन मासिक ८ हजार डलर तलव दिनेगरी तीनजना पाइलट ल्याउन लागिएको नेवानिका महाप्रवन्धक सुगतरत्न कंसाकारले जानकारी दिए ।

    ‘चिनियाँ पाइलट ल्याउने प्रक्रिया लगभग पूरा भइसकेको छ,’ कंसाकारले भने, ‘पाइलटसँग दुई पक्षीय सहमतिका लागि पाइलट आपूर्ति गर्ने चिनियाँ एडिआइसी कम्पनीलाई पत्राचार भएको छ ।’

    कम्पनीसँग सम्झौता भएर पाइलट आएपछि श्रम विभागबाट स्वीकृति लिई नागरिक उड्डयन प्राधिकरणबाट पनि सहमति लिने कंसाकार बताउँछन् । –अन्नपूर्ण पोस्ट दैनिकबाट

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij