बुधबार, कार्तिक २६, २०८३ | Wednesday 11th November 2026

माईखोला-इलाम सडकखण्ड मर्मत ‘रक एङ्करिङ’ प्रविधिबाट

  • प्रकाशित मिति : शनिबार, चैत्र १७, २०७४



  • इलाम, चैत १७ । मेची राजमार्गअन्तर्गत माईखोला–इलाम सडकखण्ड मर्मतको काम रक एङ्करिङ प्रविधिबाट धमाधम भइरहेको छ ।

    माईखोला-इलाम सडकखण्ड मर्मत ‘रक एङ्करिङ’ प्रविधिबाट

    यो सडकखण्डको माइखोलाबाट करीब एक किलोमिटरसम्मको सडक बर्षेनी भासिने, पहिरो जाने भएकाले यात्रु तथा सवारी चालकलाई समस्या हुने गरेको छ ।

    बर्षामा हिलो र हिउँदमा धुलोका कारण आवत–जावत गर्ने सवारी र यात्रुलाई समस्या भएपछि रक एङ्करिङ प्रविधिबाट सडक मर्मत गर्न थालिएको हो ।

    यसअघि यो प्रविधिबाट सिन्धुपाल्चोक र मुग्लिन–नारायणघाट सडक खण्डमा प्रयोग गरिँदै आएको डिभिजन सडक कार्यालय इलामका इञ्जिनियर ध्रुबकुमार झाले जानकारी दिए ।

    सडक निर्माण गर्न ५ करोड ४७ लाखमा ठेक्का लगाइएको छ ।

    आर्थिक वर्ष २०७२/७३ बाट सुरु गरिएको सडक मर्मतको काम अहिलेसम्म ५० प्रतिशत सम्पन्न भएको निर्माण कम्पनीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij