प्रकाशित मिति : शनिबार, चैत्र १७, २०७४
झापा, चैत १७ । झापाको हल्दिबारी गाउँपालिका–३ निवासी ६० वर्षीया छविमाया खड्काको शनिबार करेन्ट लागेर मृत्यु भएको छ ।

जंगलीहात्ती भगाउन घर वरिपरि बिछ्याइएको बिजुलीको नांगो तारमा छुँदा करेन्ट लागेको प्रहरीले जनाएको छ ।
घरनजिकै बिहान मकै गोड्नेक्रममा उनलाई करेन्ट लागेको र घटनास्थलमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । रासस
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij