प्रकाशित मिति : शनिबार, चैत्र १७, २०७४
ओखलढुंगा, चैत १७ । ओखलढुंगामा कार्यालय समयमै मदिरा सेवन गरेर होहल्ला गर्ने एक वडाध्यक्ष पक्राउ परेका छन् ।

मदिरा सेवन गरेर कार्यालयमा सेवाग्राही र कर्मचारीलाई गालीगलौच गर्ने चम्पादेवी गाउँपालिका वडा नम्बर–४ का अध्यक्ष कृष्णबहादुर खत्रीलाई प्रहरीले पक्राउ गरेको हो ।
स्थानीयले उजुरी गरेपछि उनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक अनन्तराज शर्माले बताए ।
खत्री शुक्रबार दिउँसो मदिरा सेवन गरेर वडा कार्यालय पुगेका थिए । अचेत अवस्थामा भेटिएका उनलाई स्थानीयले प्रहरीमा बुझाएका हुन् ।
शुक्रबार दिउँसो पक्राउ परेका खत्री अहिले प्रहरीचौकी कोषभञ्ज्याङको हिरासतमा छन् ।
खत्री चम्पादेवी गाउँपालिका–४ मा नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष हुन् ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij