बुधबार, कार्तिक २६, २०८३ | Wednesday 11th November 2026

किसानले आफ्नै श्रमदान र लगानीमा खोले चिया प्रशोधन उद्योग

  • प्रकाशित मिति : शनिबार, चैत्र १७, २०७४



  • तेह्रथुम, चैत १७ । तेह्रथुमको मेन्छ्यायेम गाउँपालिका–६, मोराहाङको सिकिदिममा चिया प्रशोधन उद्योग स्थापना गरिएको छ ।

    किसानले आफ्नै श्रमदान र लगानीमा खोले चिया प्रशोधन उद्योग

    सिकिदिम चिया उत्पादक सहकारी संस्थामार्फत किसान आफैंले श्रमदान र लगानी गरेर प्रशोधन उद्योग स्थापना गरेका हुन् ।

    सहकारीमार्फत् चिया प्रशोधन उद्योग स्थापनाका लागि किसानलाई उन्नति परियोजनाले आर्थिक सहयोग गरेको छ ।

    करीब २० लाख रुपैयाँ लगानीमा उद्योग स्थापना भएपछि किसानले उत्पादन गरेको हरियो पत्ती खेर नजाने भएको सहकारी संस्थाका अध्यक्ष गोविन्द लिम्बुले बताए ।

    यसअघि विगतका वर्षमा प्रशोधन उद्योग नहुँदा मोराहाङका चिया किसानले उत्पादन गरेको हरियो पत्ती प्रशोधनमै नआई नष्ट हुने गरेको थियो ।

    अहिले किसानले हरियो पत्ती टिप्ने समय सुरु भएकाले यही वर्षबाट उद्योगले उत्पादन गर्ने अध्यक्ष लिम्बुले बताए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij