बुधबार, कार्तिक २६, २०८३ | Wednesday 11th November 2026

आठ किलो चरेशसहित एकजना पक्राउ

  • प्रकाशित मिति : मङ्लबार, चैत्र २०, २०७४



  • दाङ, चैत २० । आठ किलोग्राम चरेशसहित रोल्पामा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा रोल्पा थवाङ– ५ ठूलोगाउँकी रामप्यारी झाँक्री रहेको इलाका प्रहरी कार्यालय घर्तीगाउँले जनाएको छ ।

    इलाका प्रहरी कार्यालय घर्तीगाउँका अनुसार नियमित जाँचका क्रममा थवाङबाट घोराहीतर्फ जाँदै गरेको ना२ख ५६४४ नम्बरको बसको डिकीमा प्लाष्टिकको झोलामा लुकाइराखेको अवस्थामा शंकास्पद वस्तु देखेपछि खोलेर हेर्दा डल्लो आकारमा सो चरेश भेटिएको थियो ।

    उक्त झोला झाँक्रीले आफ्नो भएको स्वीकार गरेपछि थप अनुसन्धानका लागि उनलाई इप्रका घर्तीगाउँमा राखिएको प्रहरीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij