बुधबार, कार्तिक २६, २०८३ | Wednesday 11th November 2026

दुर्घटनामा वडाध्यक्षसहित पाँच गम्भीर घाइते

  • प्रकाशित मिति : मङ्लबार, चैत्र २०, २०७४



  • दैलेख, चैत २० । दैलेखको आठबीस नगरपालिका–८ स्याउलीकाँधबाट वडा नं ९ छेपाडीतर्फ जाँदै गरेको भे१च २१४८ नम्बरको बोलेरो जिप दुर्घटना भएको छ ।

    दुर्घटनामा वडाध्यक्षसहित पाँच गम्भीर घाइते

    जिप सोमबार राति करिब ८ः३० बजे दुर्घटना भई सडकबाट २५० मिटर तल खसेको प्रहरीले जानकारी दिएको छ । जिप दुर्घटनामा परी आठबीस नगरपालिका–९ का वडाध्यक्ष धनबहादुर सिँजापती गम्भीर घाइते भएका छन् ।

    जिपमा सवार वडा नं ९ का लालबहादुर बडुवाल, नवीन बडुवाल, सूर्यबहादुर बडुवाल र कमल बडुवाल घाइते भएका छन् । उनीहरुको टाउको, आँखा र मुखमा गम्भीर चोट लागेको छ । चालक सामान्य रहेको प्रहरीले जानकारी दिएको छ ।

    सडकबाट जिप धेरै तल खसेकाले घाइतेको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जानरकारी दिएको छ । घाइतेको उपचारका लागि प्रदेश राजधानी सुर्खेततर्फ ल्याउँदै गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ । (रासस)

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij