प्रकाशित मिति : बुधबार, चैत्र २१, २०७४
धादिङ, चैत २१ । गर्मी छल्न बूढीगन्डकी नदीमा नुहाउन गएका दुईजना विद्यार्थीको मंगलबार साँझ डुबेर मृत्यु भएको छ ।

धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–२, सल्यानटार निवासी १५ वर्षीय कुशल हमाल र १३ वर्षीय कस्मिक हमालको बूढीगन्डकीमा डुबेको अवस्थामा उद्धार गरिएको र उपचारका लागि हेलिकोप्टरबाट काठमाडौं लाँदैगर्दा उनीहरुको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक ध्रुवराज राउतले बताए ।
नदीमा डुबेपछि उनीहरुलाई गाउँवासीले उद्धार गरेका थिए । उद्धारपछि सल्यानटारमा प्रारम्भिक उपचार भएको थियो । रासस
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij