बुधबार, कार्तिक २६, २०८३ | Wednesday 11th November 2026

पासाङल्हामु सडक जीर्ण, मर्मत नुहँदा जोखिमपूर्ण यात्रा

  • प्रकाशित मिति : बिहिबार, चैत्र २२, २०७४



  • रसुवा, चैत २२ । चीन जोड्ने पासाङल्हामु सडक समयमै मर्मत सम्भार नहुँदा जीर्ण बन्दै गएको छ ।

    कालोपत्रे भत्किएर बनेका खाल्टाखुल्टी नपुरिँदा र पहिरो गएको ठाउँमा मर्मत नहुँदा सडक जीर्ण बनेको हो ।

    रसुवाको स्याउबारीदेखि स्याफ्रुबेसी हुँदै रसुवागढीसम्मको सडक जीर्ण बनेकाले दुर्घटनाको जोखिमसमेत बढेको छ । रसुवागढी नाका सञ्चालन भएसँगै पासाङल्हामु मार्गमा अहिले दैनिक सयौं कन्टेनर तथा सार्वजनिक यातायातका सवारी साधन ओहोरदोहोर गर्ने गरेका छन् ।

    साँघुरो सडक र गाडीलाई साईड दिने पासिङ जोनसमेत नहुँदा यो खण्डको यात्रा निकै जोखिमपूर्ण बनेको छ । स्थानीयवासीले सडकको तत्काल मर्मत सम्भार गर्न माग गरेका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij