बुधबार, कार्तिक २६, २०८३ | Wednesday 11th November 2026

गाउँमै बीउ बैंक स्थापना, ९१६ प्रकारका बीउ उपलब्ध

  • प्रकाशित मिति : शुक्रबार, चैत्र २३, २०७४



  • नवलपरासी, चैत २३ । पूर्वी नवलपरासीको कावासोती नगरपालिका १४ मा बीउ बैंक स्थापनापछि कावासोती नगरपालिकासहित नवलपुर जिल्लाका किसानलाई बीउ बिजन लिन सरल भएको छ ।

    बीउ बैंकबाट स्थानीय जातका विभिन्न प्रजातिका ९ सय १६ प्रकारका बीउ कृषकले सजिलै पाउने छन् ।

    नवलपरासीको कावासोती नगरपालिका १४ अग्यौलीका कृषकहरुले यतिबेला स्थानीयस्तरमा बीउबिजनको अभाव हुन नदिन र बीउको संरक्षण गर्ने उद्देश्यले बीउ बैंक स्थापना गरेका छन् । जसमा स्थानीय जातका विभिन्न प्रजातीका करीव ९ सय १६ प्रकारका बीउ राखिएको छ ।

    वि.स.२०६८ सालमा कोठा भाडामा लिएर स्थापना गरेको बीउ बैंकले वि.सं. २०६९ सालमा स्थानीय तथा नगरपालिकाको सहयोगमा ८ लाख २५ हजारको लागतमा आफ्नै भवन निर्माण गरी स्थानीयलाई सेवा दिंदै आएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij