बुधबार, कार्तिक २६, २०८३ | Wednesday 11th November 2026

पोखरामा चन्दा असुलीमा संलग्न तीनजना समातिए

  • प्रकाशित मिति : आइतवार, चैत्र २५, २०७४



  • पोखरा, चैत २५ । जिल्ला प्रहरी कार्यालयले पोखरा र आसपासका क्षेत्रमा धम्की दिइ चन्दा असुली गर्ने तीनजनालाई आइतबार पक्राउ गरेको छ ।

    पोखरा–लेखनाथ महानगरपालिका–१२ बस्ने ३४ वर्षीय ललित गुरुङ, सोही वडाको शीतलादेवी बस्ने २६ वर्षीय दीपेन्द्र परियार र पोखरा–लेखनाथ महानगरपालिका–५ बस्ने २५ वर्षीय संगम थापालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    जिल्लाको सुरक्षा अवस्थालाई मजबुद् बनाउने उद्देश्यले सुरु गरिएको १५ बुँदे कार्ययोजनाअन्तर्गत् छड्के जाँचकाक्रममा उनीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    विभिन्न व्यक्ति तथा व्यवसायीलाई धाकधम्की दिइ चन्दा असुलीको आरोपमा पक्राउ परेका तीनैजनालाई आइतबारै म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको बताइएको छ । रासस

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij