बुधबार, कार्तिक २६, २०८३ | Wednesday 11th November 2026

वर्षाका कारण काँचो इँटा गलेर नष्ट

  • प्रकाशित मिति : सोमवार, चैत्र २६, २०७४



  • भैरहवा, चैत २६ । चैते वर्षाका कारण रुपन्देहीका इँटा उद्योगले ठूलो नोक्सानी बेहोर्नुपरेको छ ।

    भारी वर्षाका कारण रुपन्देहीका ईट्टा उद्योगले तयार पारेका साढे २ करोडभन्दा बढी काँचो इँटा नष्ट भएको छ ।

    लुम्बिनी इँटा ब्यवसायी संघ भैरहवाका अनुसार तीनदिन अघि आएको वर्षाले रुपन्देहीका ५२ वटा इँटा उद्योगका २ करोड ६० लाखभन्दा बढी पोल्न तयार पारिएको काँचो इँटा गलेर नष्ट भएका हुन् । बर्षाका कारणले गलेर ईट्टा नष्ट हुँदामात्रै १० करोड रुपैयाँभन्दा बढीको क्षति भएको इँटा व्यवसायी संघ लुम्बिनीका अध्यक्ष थानेश्वर घिमिरेले जानकारी दिए ।

    अहिलेको बर्षाले एउटा भट्टामा कम्तिमा २ लाखदेखि १० लाखसम्म काँचो इँटा गलेर नोक्सान भएको लुम्बिनी ईट्टा ब्यबसायी संघका लेखा समिति संयोजक गोविन्द ज्ञवालीले जानकारी दिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij