बुधबार, कार्तिक २६, २०८३ | Wednesday 11th November 2026

वैकल्पिक मार्ग स्तरोन्नतिको काम धमाधम

  • प्रकाशित मिति : सोमवार, चैत्र २६, २०७४



  • इलाम, चैत २६ । इलामको प्रमुख व्यापारिक केन्द्र मंगलबारेलाई तराईसँग जोड्ने वैकल्पिक मार्ग स्तरोन्नतिको काम तिव्र गतिमा अघि बढेको छ ।

    डेनमार्क सरकारको सहयोगमा गाग्रेभञ्ज्याङ–जीतपुर–सोयाक–चिसापानी सडक स्तरोन्नतिको कामले तिव्रता पाएको हो । उन्नति परियोजनामार्फत् भइरहेको यो सडक निर्माणपछि मंगलबारे र बिर्तामोडको दुरी करिव पचास किलोमिटर घट्ने छ।

    २० करोड ८८ लाख रुपैयाँको लगानीमा स्तरोन्नति भइरहेको सडक निर्माणपछि पश्चिमी इलामका सोयाक, सिद्धिथुम्का, जीतपुर, मंगलबारे, शान्तिडाँडा मात्र नभएर मेची राजमार्गका यातायात साधन आवतजावतमा समेत सहज हुने छ ।

    मेची राजमार्गमा गुड्ने सवारी साधन यो सडक हुँदै छिटो तराईसम्म पुग्नेछन् । सडक सञ्चालनमा आएपछि पाँचथर र ताप्लेजुङका बासिन्दासमेत लाभान्वित हुने छन् ।

    जिल्ला प्राविधिक कार्यालयका प्रमुख जिल्ला इञ्जिनियर ओमराज ढुंगानाले ३२ दशमलव २ किलोमिटर सडक खण्डको स्तरोन्नतिको काम ७० प्रतिशत पुरा भएको जानकारी दिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij