बुधबार, कार्तिक २६, २०८३ | Wednesday 11th November 2026

मोरङमा चट्याङ लागेर वृद्धको मृत्यु

  • प्रकाशित मिति : सोमवार, चैत्र २६, २०७४



  • मोरङ, चैत २६ । मोरङको जहदा गाउँपालिकामा चट्याङ लागेर सोमबार बिहान एक वृद्धको मृत्यु भएको छ ।

    खेतमा मुसा मार्दैगर्दा चट्याङ लागेर सो गाउँपालिका वडा नम्बर–३ का ६० वर्षीय रामु मरण्डीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक विष्णुहरि कोइरालाले जानकारी दिए ।

    मृतकको छातीमा चट्याङ लागेको प्रहरीको भनाइ छ ।

    एउटा हातमा मरेको मुसा र अर्को हातमा कोदालो बोकेको अवस्थामा मरण्डीको शव फेलापरेको प्रनाउ कोइरालाले जानकारी दिए । रासस

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij