बुधबार, कार्तिक २६, २०८३ | Wednesday 11th November 2026

पर्यटकीय गन्तव्य बन्दै शहीद स्मारक

  • प्रकाशित मिति : बुधबार, चैत्र २८, २०७४



  • सिन्धुली, चैत २८ । सिन्धुली जिल्लाको कमलामाई नगरपालिकास्थित भिमानमा अवस्थित शहीद स्मारक बाह्य र आन्तरिक पर्यटकीय गन्तव्य स्थल बन्दै गएको छ ।

    देशमा गणतन्त्र स्थापनार्थ शहादत प्राप्त गर्ने शहिद ऋषिराज देवकोटा आजाद, दुर्गा सुवेदी, दलबहादुर रजनमगरको अर्धकदको शालिकमा विपी राजमार्गबाट आवत जावत गर्ने वामपन्थी पार्टीका नेता कार्यकर्ताले फूलमाला चढाएर श्रद्धान्जली अर्पण गर्दछन् । अरु यात्रीले पनि अवलोकन गर्ने र सामुहिक फोटो खिचाउने गर्दछन् ।

    शहीदको स्मारक पार्कमा अवलोकन गर्न, शहीदको शालिकमा माल्यार्पण गर्न आउने पर्यटकका कारण भिमान बजारको व्यापार व्यवसाय पनि बढेको छ । देशमा गणतन्त्र स्थापनार्थ भूमिगत शैलीमा आन्दोलनमा रहँदा आजाद, सुवेदी र मगरको २०३७ सालमा हत्या गरिएको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij