प्रकाशित मिति : शनिबार, बैशाख १, २०७५
कपिलदेव सुवेदी उप–प्रा. नेपालसंस्कृत विश्वविद्यालय सिद्धान्त ज्यौतिषाचार्य,वास्तु तथा फलितविद् ज्यौतिष परामर्श केन्द्र वेष्टर्न डेभलोपमेन्ट बैक संग सटेको घरमा बिजौरी,दाङ ९८४७८२२७११, ९८६८६५११२१, ९८४७८३३६२३
मेष (चु,च,ेचो,ला,ली,लु,ले,लो,अ) मेष राशिलाई २०७५ साल राम्रो रहेको छ । शिक्षा क्षेत्र फलदायी रहेको छ । शिक्षाक्षेत्रमा गरेको लगानि फाइदाजनक हुनेछ । विद्यार्थीहरुको पठनपाठन राम्रो रहनेछ । यस वर्ष एकल भन्दा साझेदारी व्यवसाय फाइदाजनक रहनेछ । विदेशयात्रा गर्नचाहने हरुकालागि यो वर्ष सफल रहेको छ । तर आफ्नो तथा परिवारको स्वास्थ्यमा अधिक खर्च गर्नुपर्ने देखिन्छ त्यसकारण परिवारका सबै सदस्यको ग्रहदशा सुयोग्य ज्योतिषलाई देखाइ शान्ति गराउनु होला । जागिर गर्ने हरुको आफ्ना हाकिमसँगको सम्बन्ध त्यति राम्रो रहने छैन । भूमी सम्बन्धि समस्या तथा झमेलामा पर्न सक्ने देखिन्छ । धन आर्जनका दृष्टिले असार,असोज,माघ र फाल्गुन महिना शुभ रहेका छन् ।
बैशाख महिनामा मनमा भय तथा डर वनिरहने छ । अधिक खर्च तथा भ्रमण गर्नुपर्ने छ ।
बृष (ई,उ,ए,ओ,वा,वी,वु,वे,वो) बृष राशिका मानिसकालागि यो वर्ष सामान्य फल दिने खालको रहेको छ । अढैया शनिका प्रभावले मानसिक तनाव,पारिवारीक समस्या,धनको क्षति,काममा ढीलासुस्ति जस्ता अशुभफल प्राप्त हुनेछन् । तर जन्मको शनि शुभ रहेमा अशुभफल लाग्ने छैन । ग्रहदेखाएर शुभ÷अशुभ पत्ता लगाइ अशुभ भएमा शान्ति गराउनु होला वा शनि देवको प्रसन्नताका लागि महाकाल शनि मृत्युञ्जय स्तोत्रपाठ,पीपलको पुजा,शनिको मन्त्रजप गर्नु आवश्यक हुनेछ । शनि शुभ रहेमा शत्रु पराजित हुनेछन्, व्यवसायमा लाभ हुनेछ । यस वर्ष अध्ययन अध्यापनको क्षेत्र कमजोर रहनेछ । बैदेशिक यात्रा फलदायी हुनेछ । टाउको तथा प्रजनन् अंगमा समस्या आउने छ ।नोकरीमा पदोन्नतिको योग रहेको छ । आर्थिक हिसावले श्रावण,कार्तिक,फाल्गुन र चैत्र महिना शुभ रहेका छन् ।
बैशाख महिना अधिक धनक्षय हुनेछ । आँटेका कामहरु पुराहुन गाह्रो छ ।
मिथुन (का,की,कु,घ,ङ,छ,के,को,हा) मिथुन राशिलाई २०७५ साल मध्यम फलदायी रहने छ । परविारमा माङ्गलिक कार्य तथा उत्सव हुनेछन् । विद्यार्थीहरुकालागि सुरुका ६ महिना अध्ययनमा बाधाकारक छन् भने अन्त्यका ६ महिना शुभ रहेकाछन् । आफन्त सँगको आर्थिक कारोवार फलदायी हुनेछैन । धार्मिक यात्राहरु हुनेछन् । यसवर्ष आम्दानी भन्दा खर्च धेरै हुनेछ । व्यवसायमा सामान्य लाभ मात्र हुनेछ । पतिपत्नीमा बेमेलको स्थिति रहेकोछ । स्वास्थ्य संबन्धि समस्याले सताउने छ । धनार्जनका दृष्टिले बैशाख,ज्येष्ठ,भाद्र र मंसिर महिना शुभ रहेका छन् ।
बैशाख महिनामा धनागम हुनाले मन प्रसन्न रहनुका साथै सुख तथा सन्तोष प्राप्त हुनेछ ।
कर्कट (ही,हु,हे,हो,डा,डी,डु,डे,डो) कर्कट राशिकालागि यो वर्ष मिश्रित फलदिने खालको रहेको छ । सामाजिक कार्यमा संम्मान प्राप्त हुनेछ । जागिरेहरुका लागि पदोन्नतिको योग रहेको छ । व्यापारी वर्गका लागि व्यवसायबाट मनग्य लाभ हुनेछ । स्वास्थ्य संबन्धि समस्याले सताउनुका साथै परिवारको स्वास्थ्यमा अधिक धन खर्च हुनेछ । दाम्पत्य जिवनमा उतारचढावको योग छ । धार्मिक कार्यमा मन जाने छ । शत्रुले दुख दिन खोजेपनि विजय तपाईको हुनेछ । वैदेशिक यात्रा गर्न चाहनेहरुका लागि यस वर्ष शुभ रहेको छ । लामा यात्राहरु हुनेछन् आर्थिक दृष्टिले बैशाख,ज्येष्ठ,असोज र पौष महिना शुभ छन् ।
बैशाख महिना सुखद् रहने छ । गरेका काममा सफलता मिल्नेछ तर राज्य पक्षबाट भने समस्या आउन सक्छ सजग रहनुहोला ।
सिंह (मा,मी,मु,मे,मो,टा,टी,टु,टे)
सिंह राशिलाई २०७५ साल राम्रो रहेको छ । गुमेको धन फिर्ता आउने छ । शत्रु पराजित हुनेछन् । परिवारमा हर्ष तथा परिवारका सदस्यको स्वाथ्यमा देखिएको समस्याको समाधान हुनेछ । विद्यार्थीहरुका लागि यो वर्ष साह्रै राम्रो रहेकोछ,पठनपाठनमा सफलता मिल्ने छ । विवाहितहरुको दाम्पत्य जिवन सुमधुर रहनेछ । यात्राका अवसर प्राप्त हुनेछन् । व्यापारी तथा कृषकहरुका लागि प्रशस्त आम्दानी हुने वर्ष रहेको छ । वैदेशि यात्रा फलदायी हुने छैन । वर्षको पूर्वार्धमा अग्निभय,चोरभय तथा चोटपटकको संभावना रहेको छ । यी अशुभ फलबाट वच्नको लागि भगवान शिवजी पूजा अर्चना गर्नुहोला । आर्थिक दृष्टिले ज्येष्ठ,असार,कार्तिक र माघ महिना शुभ रहेकाछन् ।
बैशाख महिनामा गलत सोचाइ आउने छ । पापकर्ममा मनजाने, कान्तिक्षय तथा कष्टकर समय व्यतित हुनेछ ।
कन्या (टो,पा,पी,पु,ष,ण,ठ,पे,पो) कन्या राशिका व्यक्तिहरुका लागि सामान्य फलदायी वर्ष रहेकोछ । अढैया शनिका प्रभावले मानसिक तनाव,पारिवारीक समस्या,धनको क्षति,काममा ढीलासुस्ति जस्ता अशुभफल प्राप्त हुनेछन् । तर जन्मको शनि शुभ रहेमा अशुभफल लाग्ने छैन । ग्रहदेखाएर शुभ÷अशुभ पत्ता लगाइ अशुभ भएमा शान्ति गराउनु होला वा शनि देवको प्रसन्नताका लागि महाकाल शनि मृत्युञ्जय स्तोत्रपाठ,पीपलको पुजा,शनिको मन्त्रजप गर्नु आवश्यक हुनेछ । शनि शुभ रहेमा शत्रु पराजित हुनेछन्, व्यवसायमा लाभ हुनेछ । विद्यार्थीहरुको अध्ययनको क्षेत्र कमजोर रहनेछ । नोकरी तथा व्यवसायीहरुका लागि फाइदाजनक वर्ष रहेको छ । वर्षको पूर्वार्धको तुलनामा उत्तरार्ध(कार्तिक देखि पछिको समय) राम्रो रहेकोछ । आर्थिक दृष्टिले असार,श्रावण,मंसिर र फाल्गुन महिना शुभ रहेकाछन् ।
बैशाख महिनामा स्वास्थ्य संबन्धि समस्या आउने,पीडादायी समय रहेपनि पारिवारीक सुख भने प्राप्त हुनेछ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तु,ते)
तुला राशिका लागि २०७५ राम्रो फलदायी रहेकोछ । आर्थिक उन्नति तथा प्रगतिको योग रहेको छ । मान प्रतिष्ठा बढ्ने योग छ । कामका अवसर प्रसस्त भेटिनेछन् । अधुरा कामहरु पुराहुनेछन । विद्यार्थीहरुका लागि राम्रो वर्ष रहेको छ, पढाइमा राम्रो प्रगति हुनेछ । परिवारबाट सहयोग मिल्ने छ । व्यवसाय सफल रहला तर साझेदारी व्यवसाय राम्रो हुनेछैन । सामाजिक र धार्मिक काममा धेरै समय व्यतित हुनेछ । पशुपालन व्यवसाय लाभप्रद रहनेछ । वर्षको पूर्वार्धमा चोटपटक लाग्नेछ । चोरको भय हुनेछ । बुबाआमाको स्वास्थ्यमा समस्या आउनेछ । श्रीमान् श्रीमती विचको सम्बन्धमा तनाव उत्पन्न हुनेछ । वर्षको उत्तरार्ध सन्तोषजनक रहने छ । वैदेशिक कामहरु अधुरा रहनेछन् । वैतनिक कामको भार बढनेछ । आर्थिक दृष्टिले श्रावण, भाद्र,पौष र चैत्र महिना लाभदायी रहेका छन् ।
बैशाख महिनामा अनावश्यक यात्रा हुनेछन् । वाहन तथा यानबाट हानी हुनेछ । नविन वस्त्रको प्राप्तिले मन प्रशन्न रहने छ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) बृश्चिक राशिका लागि २०७५ मध्यम फलदायी वर्ष रहेकोछ । विद्यार्थीहरुका लागि अध्यनको क्षेत्र राम्रो रहेको छ । परिवारमा माङ्गलिक कार्यहरु हुनेछन् । धार्मिक यात्राको संभावना रहेकोछ । नोकरीमा अपजस खप्नु पर्ने छ । अन्त्य साढेसाती शनिका प्रभावले मानसिक तनाव,आफन्तमा वैरभाव,धनको क्षति,काममा ढीलासुस्ति, सञ्चित धनको नास जस्ता अशुभफल प्राप्त हुनेछन् । तर जन्मको शनि शुभ रहेमा अशुभफल लाग्ने छैन । ग्रहदेखाएर शुभ÷अशुभ पत्ता लगाइ अशुभ भएमा शान्ति गराउनु होला वा शनि देवको प्रसन्नताका लागि महाकाल शनि मृत्युञ्जय स्तोत्रपाठ,पीपलको पुजा,हनुमत् आराधना,शनिको मन्त्रजप गर्नु आवश्यक हुनेछ । शनि शुभ रहेमा शत्रु पराजित हुनेछन् इच्छाएका काममा सफला मिल्नेछ । वैदेशिक यात्राबाट प्रसस्त फइदा हुनेछ । नयाँ कामको थालनि हुनेछ । आर्थिक दृष्टिले बैशाख,भाद्र आश्नि र माघ महिना शुभ रहेका छन् ।
बैशाख महिनामा शत्रु पराजित हुनेछन् । प्रशस्त धनार्जन गर्ने अवसर प्राप्त हुनेछ । यात्रा फलदायी रहनेछ ।
धनु (ये,यो,भा,भी,भू,धा,फा,ढा,भे) धनु राशिका व्यक्तिहरुकालागि सामान्य फलदायी वर्ष रहेकोछ । धन आर्जनको योग बनेको छ । उपहार प्राप्त हुनेछ । अध्ययन अध्यापनको मार्ग सफलमान्न सकिन्न । मध्य शनिका प्रभावले मानसिक तनाव, पारिवारीक समस्या,धनको क्षति,काममा ढीलासुस्ति जस्ता अशुभफल प्राप्त हुनेछन् । तर जन्मको शनि शुभ रहेमा अशुभफल लाग्ने छैन । ग्रहदेखाएर शुभ÷अशुभ पत्ता लगाइ अशुभ भएमा शान्ति गराउनु होला वा शनि देवको प्रसन्नताका लागि महाकाल शनि मृत्युञ्जय स्तोत्रपाठ,पीपलको पुजा,शनिको मन्त्रजप गर्नु आवश्यक हुनेछ । शनि शुभ रहेमा शत्रु पराजित हुनेछन् । व्यापार,कृषि तथा पशु व्यवसाय बाट राम्रो फइदा देखिए पनि खर्च धान्न कठीन हुनेछ । तीर्थस्थलका यात्राका अवसर प्राप्त हुनेछन् । सामाजिक काममा धेरै समय दिनु पर्नेछ । आर्थिक दृष्टिले असार कार्तिक मंसिर र चैत्र महिना फलदायी रहेकाछन् ।
बैशाख महिनामा गरेका कामहरु असफलहुनाले मनमा खिन्नता उत्पन्न हुनेछ । स्वास्थ्य सम्बन्धि समस्या आउनेछ ।
मकर (भो,जा,जी,खी,खु,खे,खो,गा,गी) मकर राशिका लागि यो वर्ष ठीकै खालको रहनेछ । आद्य साढेसाती शनिका प्रभावले मानसिक तनाव, पारिवारीक समस्या,धनको क्षति,काममा ढीलासुस्ति जस्ता अशुभफल प्राप्त हुनेछन् । तर जन्मको शनि शुभ रहेमा अशुभफल लाग्ने छैन । ग्रहदेखाएर शुभ÷अशुभ पत्ता लगाइ अशुभ भएमा शान्ति गराउनु होला वा शनि देवको प्रसन्नताका लागि महाकाल शनि मृत्युञ्जय स्तोत्रपाठ,पीपलको पुजा,शनिको मन्त्रजप गर्नु आवश्यक हुनेछ । शनि शुभ रहेमा शत्रु पराजित हुनेछन् । वैदेशिक क्षेत्रका कामहरु बन्नेछन् । विदेश यात्रा सफलहुनेछ । परिवारमा माङ्गलिक कार्य हुनेछन् । नोकरी गर्नेहरुकालागि यो साल खासै फलदायी हुनेछैन । आर्थिक स्थिति कमजोर रहनेछ । वर्षको पूर्वार्धमा पैतृक धनमा विवाद उत्पन्न हुनेछ । विद्यार्थीहरुको अध्यनको क्षेत्र राम्रो रहनेछ । व्यापार,कृषि र पशुपालन व्यवसाय सन्तोषजनक रहने छैन । आर्थिक दृष्टिले असार,कार्तिक,मंसिर र चैत्र शुभ रहेकाछन् ।
बैशाख महिनामा विविध समस्याहरुले सताउने तथा स्वास्थ्य सम्बन्धि समस्या आउनेछ । धनार्जन हुनेछ ।
कुम्भ (गू,गे,गो,सा,सी,सु,से,सो,दा)
कुम्भ राशिलाई २०७५ साल मध्यम फल दिने खालको रहेकोछ । यस वर्ष नयाँ कामको सुरुवात हुनेछ । व्यवसायीहरुका लागि एकल भन्दा साझेदारी व्यवसाय राम्रो फइदाजनक हुनेछ । विद्यार्थीहरुको पठनपाठनको क्षेत्र साह्रै राम्रो रहेकोछ । कृषि तथा पशुपालन व्यवसायमा सामान्य लाभ मात्र प्राप्त हुनेछ । सन्तानबाट सहयोग मिल्नेछ तर पतिपत्नीमा मनमुटाब हुनेछ । अधुरा रहेका कामहरु पुरा हुनेछन् । शरिरमा घाउ खटिरा तथा चोटपटकको भय रहनेछ । विदेश यात्रा गर्न चाहनेहरुका लागि यो वर्ष सफल मान्न सकिन्न । आफन्त सँगको आर्थिक कारोवार शत्रुता वढाउनमा सहयोगि हुने भएकाले सजग रहनु होला । गुमेको धन फिर्ता आउनेछ । आर्थिक हिसाबले बैशाख,श्रावण,मंसिर र पौष धनदायक रहेकाछन् ।
बैशाख महिनामा धनार्जनको योग राम्रो रहेकोछ । आफन्तहरुको सहयोग पूर्णरुपमा प्राप्त हुनेछ । स्वास्थ्य राम्रो रहनेछ ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) मीन राशिका लागि २०७५ साल समग्रमा राम्रो रहनेछ । स्वास्थ्य संबन्धि समस्याबाट छुटकारा मिल्नेछ । व्यापार व्यवसायमा विस्तार तथा प्रसस्त धनार्जनको योगछ । नयाँ कामको आरम्भ २०७५ सालले गराउनेछ । परिवारमा माङ्गलिक कार्य हुनेछन् । तीर्थयात्रा तथा लामो दूरीका यात्राहरु हुनेछन् । दाम्पत्य जिवनमा विश्वासको संकट देखा पर्नेछ । जमीन तथा सवारी साधन प्राप्तिको योग रहेकोछ । नोकरी गर्ने व्यक्तिहरुका लागि स्थान परिवर्तनको योग बनेको छ । कृषि तथा पशुपालन व्यवसायबाट प्रशस्त फाइदा हुनेछ । विद्यार्थीहरुमा आलस्य वढनाले अध्ययन कार्य अधुरो रहनेछ पढाइमा मन जानेछैन । आर्थिक दृष्टिले ज्येष्ठ,भाद्र,पौष र माघ महिना शुभ रहेकाछन् ।
बैशाख महिनामा मनमा डर तथा भय रहिरहनेछ । काम कारोवारमा हानी हुनेछ । अनावश्यक झमेलामा परिनेछ । अन्नलाभ तथा सामान्य धनलाभको योग रहनेछ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij