बुधबार, कार्तिक २६, २०८३ | Wednesday 11th November 2026

नयाँ वर्ष मनाउन गएका दुई युवक कालीगण्डकीमा बेपत्ता

  • प्रकाशित मिति : शनिबार, बैशाख १, २०७५



  • पाल्पाको रानीमहलमा नयाँ वर्ष मनाउन गएका दुई युवक कालीगण्डकी नदीमा आज बेपत्ता भएका छन् ।

    बेपत्ता हुनेमा ऋदिकोट गाउँपालिका–३ हाथुकका १८ वर्षीय संगम कार्की र सोही स्थानका १८ वर्षे आयुश खनाल छन् ।

    बगनासकाली गाउँपालिका–८ रानीमहल नजिकैको कालीगण्डकी नदीमा बन्दै गरेको पुलनिर पौडी खेल्ने क्रममा बेपत्ता भएको अस्थायी प्रहरी बिट रानी महलका प्रमुख डिल्लीराम भट्टराईले जानकारी दिए ।

    बेपत्ताको खोजीकार्य जारी रहेको पनि उनले बताए।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij