शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

भारत विजयी : आश्विनले लिए ७ विकेट

  • प्रकाशित मिति : सोमवार, साउन १०, २०७३



  • India's Ravichandran Ashwin bowls against West Indies' captain Jason Holder during day four of their first cricket Test match at the Sir Vivian Richards Stadium in North Sound, Antigua, Sunday, July 24, 2016. (AP Photo/Ricardo Mazalan)

    साउन १० – वेष्ट इन्डिजसँगको पहिलो टेस्ट क्रिकेटमा भारत विजयी भएको छ । भ्रमण टोली भारतले खेलको चौथो दिन नै वेष्ट इन्डिजलाई एक पारी र ९२ रनले हराएको हो । पहिलो पारीको आधारमा तीन सय २३ रनले पछि परेर फलोअनमा परेको वेष्ट इन्डिज दोस्रो पारीमा दुई ३१ रनमा समेटियो । दोस्रो पारीमा वेष्ट इन्डिजलाई कम रनमै आउट गराउनुमा भारतका रविचन्द्रन आश्विनले महत्वपूर्ण भूमिका खेले । म्यान आफ दि म्याच आश्विनले ८३ रन खर्चेर सात विकेट लिए । दोस्रो पारीमा वेष्ट इन्डिजका कार्लोस ब्रेथवेटले ५१, मार्लोन सामुअल्सले ५० तथा देवेन्द्र विशुले ४५ रन बनाए । यसअघि वेष्ट इन्डिजले पहिलो पारीमा दुई सय ४३ रन मात्रै बनाएको थियो । भारतले आफ्नो पहिलो पारी ८ विकेटको क्षतिमा पाँच सय ६६ रन बनाएर समाप्तीको घोषणा गरेको थियो । यो टेस्टमा भारतका कप्तान विराट कोहलीले आफ्नो टेस्ट क्रिकेटकै पहिलो दोहोरो शतक बनाएका थिए । चार टेस्टको श्रृँखलामा भारतले १–० को अग्रता लिएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij