बुधबार, कार्तिक २६, २०८३ | Wednesday 11th November 2026

जिप दुर्घटनामा एक महिलाको मृत्यु, तीनजना घाइते

  • प्रकाशित मिति : शनिबार, बैशाख ८, २०७५



  • डोल्पा, वैशाख ८ । हिमाली जिल्ला डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–५ मा पर्ने करोपगाडमा शनिबार बिहान जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

    खदाङको हरियापानीबाट यात्री बोकेर छिमेकी जिल्ला रुकुमको गोतामकोटतर्फ गइरहेको लु१च ५४६६ नम्बरको जिप दुर्घटना भएको हो ।

    दुर्घटनामा परेर एकजनाको घटनास्थलमै मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् ।

    मृत्यु हुनेमा रुकुम जिल्ला आठबिसकोट–९ बस्ने ६० वर्षीया किरामकला जैसी रहेकी छन् ।

    त्यस्तै, घाइते हुनेमा दैलेख, चामुन्डा–विन्द्यासैनी नगरपालिका–९ का जिपचालक वीरबहादुर थापा, डोल्पा, त्रिपुरासुन्दरी नगरपालिका–५ का २७ वर्षीया विष्णुरुपा बोहोरा र रुकुम जिल्ला आठबिसकोट नगरपालिका–६ का १८ वर्षीय जयबहादुर थापा रहेका जिप्रका डोल्पाका प्रहरी नायब निरीक्षक यामबहादुर मल्लले जानकारी दिए ।

    घाइते थापा र बोहोराको अवस्था गम्भीर र जयबहादुर थापाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । रासस

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij